लैङगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना व्यवस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिको आयोजनामा भएको कार्यक्रम सिएमसी नेपाल र युएनएफपियको सहयोग तथा सहजीकरणमा सम्पन्न भएको हो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा लैङगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना लागु भएका साँफेवगर नगरपालिका, मंगलसैन नगरपालिका र कमलबजार नगरपालिकाका विभिन्न जनप्रतिनिधी, कर्मचारी तथा विभिन्न सरोकारवाला संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । कार्यक्रममा लैङगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा सिएमसी नेपालले गरिरहेका गतिविधीका बारे सिएमसी नेपालका काउन्सीलर पार्वती बुढाले गर्नु प्रस्तुत गर्नु भयो । यस्तै लैङगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा युएनएफपियले स्थानीय तहसंगको साझेदारीमा सम्पादन गरेका विभिन्न कार्यक्रमका बारेमा युएनएफपियका अछाम तथा डोटीका संयोजक भरत गोतामेले प्रस्तुतीकरण राख्नु भएको थियो ।
आजको कार्यक्रमका लैङगिक विभेदमा आधारित हिंसामा परेका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्न कार्यक्रममा सहभागी तीनवटै पालिकाले ५÷५ लाख लैङगिक हिंसा पिडितका लागी सहयोर्थ बनेको स्थानीय कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यस्तै लैङगिक हिंसा पिडितका लागी मंगलसेनमा सञ्चालित सुरक्षित आवास गृह ( सेफ हाउस ) का लागी अछामका ४ वटा नगरपालिकाले ३ लाखका दरले र ६ वटा गाउपालिकाले २ लाखका दरले रकम विनियोजित गर्ने र अपुग सवै रकम मंगलसेन नगरपालिकाले व्यहोर्ने सहमती भएको जानकारी गराईएको छ । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले जिल्लाको सदरमुकाम मंगलसेनमा एउटा मात्र लैङगिक हिंसा पिडितका लागी मंगलसेनमा सञ्चालित सुरक्षित आवास गृह ( सेफ हाउस ) सञ्चालन हुनु पर्ने र उक्त सेफ हाउसको सञ्चालन तथा व्यवस्थापनका लागी सरकारवाला सवैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सिपिएसडब्लुले समुदायमा पहिचान गरेका सेवाग्राहीको विवरण सार्वजनिक गरेको छ । सन् २०१४ को जनवरी देखी डिसेम्बर सम्म कमलबजार मंगलसेन र साँफेवगर नगरपालिकामा गरी १२ सय ८६ विभिन्न हिंशामा परेका सेवाग्राही रहेको बताईएको छ । जसमा सबै भन्दा बढी ७ सय २३ मानसिक दुव्र्यवहारमा परेका सेवाग्राही छन । सबै भन्दा कम यौन हिंशामा परेका ७ त्यसै गरी शारिरीक हिंशामा गरेका १ सय ५३ , श्रोत साधन र अवसर बाट बञ्चीत ५६ जना , बहुविवाहका ३ सय २५ , बालविवाह १४ र हानीकारक मुल्य मान्यता बाट पिडित ८ सेवाग्राही रहेका छन ।
लैङगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना दोश्रो चरण अन्र्तगत सिएमसी नेपाल र युएनएफपियले समुदाय स्तरमा विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेका छन ।
आजको कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै स्वागत मन्तव्य कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका प्रशासन तथा योजना शाखाका प्रमुख खड्ग बहादुर बिष्टले गर्नुभएको थियो ।