अछाम पूर्णखोप सुनिचितता जिल्ला घोषणा

 

अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला घोषणा सभा मङ्गलसेनमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय अछामको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। साबिका सबै वडाहरू र १० वटै स्थानीय तहका १५ महिनासम्मका तथा १६ देखि ५१ महिनाका खोप लक्षित बालबालिकालाई आवश्यक सबै खोप दिइसकेको पुष्टि भएपछि अछामलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ अछाम जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्वास्थ्य संरचना मानव शक्ति र बजेटको अभावलाई व्यवस्थापन गरिदिन र साथै खोपसँगै अग्रिम स्वास्थ्य सेवामा पनि जोड दिनुपर्नेमा आआफ्नो धारणा राख्नुभएको थियो। सोही कार्यक्रममा स्वास्थ्यकर्मीलाई सम्मानपत्र प्रदान गरिएको थियो भने यस्तै उत्कृष्ट प्रदर्शन गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कार प्रदान गरिएको थियो। र ञ्चारकर्मीहरूलाई पनि खोप अभियानमा योगदान पुर्‍याएकोमा प्रमाणपत्र प्रदान गरिएको थियो।


जिल्ला पूर्णखोप समन्वय समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा १० वटै पालिकाका प्रमुख तथा उपप्रमुख अध्यक्ष तथा उपाध्यक्ष अछाम जिल्लाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्यकर्मी स्वास्थ्य स्वयंसेविका सुरक्षाकर्मी सञ्चारकर्मीको उपस्थितिमा अछाम जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो।

Post a Comment

Previous Post Next Post