हिक्मत बहादुर नेपाली
अछाम असार १६ ।
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेवगर नगरपालिका वडा नं १४ पातलकोट आज विहान १० बजे भवन निर्माण गर्ने क्रममा बिजुलीको तारबाट छातामा करेन्ट लागि मृत्यु भएको हो । मृत्यु हुनेमा साँफेबगर न.पा. १४ पातलकोट बस्ने नाथ साँउदको छोरा ४१ बर्षिय बिर बहादुर साउँद रहेका छन । भवन निर्माण गर्ने क्रममा बिजुलीको तारबाट छातामा करेन्ट लागि भुईमा खसि घाईते भएका साँउद लाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याईएको थियोे अस्पतालमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त स्थानमा प्रहरी चौकी चौखुट्टेबाट प्रहरी नायव निरीक्षक पदम सिहं साउँदको कमाण्डमा प्रहरी टोली खटिएको बताईएको छ | उक्त शव न्याय हेल्थ अस्पतालको शवगृहमा राखिएको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने तयारी गरिराखेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।घटना स्थल प्रहरी चौकी चौखुट्टेबाट १४ कि.मि.पुर्व रहेको छ ।