कमलबजार नगरपालिका ५ नं वडा कार्यालय कुईकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन



 अछाम असार २६ ।

कमलबजार नगरपालिका ५ नं वडा कार्यालय कुईकामा प्रशासकीय भवनको उद्घाटन गरिएको छ ।
३५ लाख लगानीमा निर्माण भएको वडा कार्यालयको भवनको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्य राज तिमिल्सैनाको अध्यक्षतामा सम्पन्न भएको भवन उद्घाटनका कार्यक्रमको प्रमुख अतिथि कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियोे । यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट (कुँवर) रहनु भएको थियोे ।
कार्यक्रममा कमलबजार नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख खड्ग बहादुर बिष्ट, जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभित्र संघ संस्थाका प्रतिनिधि तथा आम नागरिककाे सहभागीता रहेको थियोे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वडा कार्यालयको भवन बनेकोका खुसी व्यक्त गर्दै भवनको दोस्रो तला सभा हलको छिट्टै निर्माण गरिनुपर्नेमा जोड दिएका थिए । र अब वडा वासीले आफ्नै प्रशासकीय भवन बाट सहज सेवा पाउने विश्वास व्यक्त गरेका थिए ।
वडा सदस्य दुर्गा प्रसाद तिमिल्सैनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव गौतम कुमार रोकामगरले गर्नुभएको थियोे ।

Post a Comment

Previous Post Next Post