रमिता विक
कमलबजार, असार २३ ।
डेङ्गी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम कमलबजारमा गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय अछामको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वयमा डेङ्गी सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम कमलबजारमा गरिएको हो।
डेङ्गी रोगको रोकथाम तथा नियन्त्रणका विषयमा स्थानीय तहमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग कमलबजार नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमको प्रारम्भिक सत्रमा डेङ्गी रोगका कारण लक्षण उपचार र रोकथामबारे स्वास्थ्य शाखाका प्रतिनिधिले प्राविधिक जानकारी प्रस्तुत गर्नुभएको थियो। त्यसपछि नगर क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण टिमले कमल बजार नगरपालिकाको बजार क्षेत्रमा पानी जम्ने खाल्टाखुल्डी खुल्ला ड्रम फोर थुप्रिएको ठाउँहरू पहिचान गरी सरसफाईमा विशेष ध्यान दिन सुझाव दिनुभएको थियो। साथै बजार क्षेत्रका अधिकांश पानी भरेर राखेका ड्रममा लामखुटेको लार्भा समेत भेटिएको थियो। लामखुटेको लार्भा भेटिएको ठाउँमा टोलीले पानीका ड्रमहरू बेलाबेला सफा गर्न विशेष सुझाव दिएको थियो। कार्यक्रमपछि नगरपालिकाले बजार क्षेत्रमा विशेष सरसफाई अभियान सञ्चालन गर्ने र प्रत्येक वडामा जनचेतना कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो।
साथै डेङ्गु तथा किटजन्य रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि गरिएको छ डेङ्गु तथा किटजन्य रोगसम्बन्धी अभिमुखीकरण तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। रोग नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख शारदा कुमारी बिष्ट रहनुभएको थियो भने एक देखि १० वटै वडाका वडा अध्यक्षहरू कार्यपालिका सदस्य जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुङ्गाना सहायक प्रमुख जिल्लाधिकारी नरेन्द्र परियार जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वरी प्रसाद भण्डारी इलाका प्रहरी कार्यालय कमलबजार प्रहरी प्रमुख हर्षबहादुर चन्द योजना तथा प्रशासन शाखा प्रमुख खड्ग बहादुर बिष्ट स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक टेकबहादुर बिष्ट नगरपालिकाका विषयगत शाखाका कर्मचारीहरू सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ शाखा अधिकृत टंक भण्डारीले गर्नुभएको थियो।
